केशव स्थापितलाई आफ्नै वडामा झड्का

लोकपथ
6.9k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । एमालेबाट मेयरका उम्मेदवार रहेका केशव स्थापितको वडा रहेको २८ मा कांग्रेसको प्यानल नै विजयी भएको हो ।

उक्त वडाको वडाध्यक्षमा कांग्रेसका उम्मेदवार भाइराम खड्गी ‘प्रकाश’ विजयी भएका छन् । उनले १ हजार २ सय ८२ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका विपेन्द्र खड्गीले १ हजार ७३ मत प्राप्त गरे । सो वडाको दुई सदस्य, महिला सदस्य र दलित सदस्यमा पनि कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?