भ्रष्टाचारको आरोपमा समाज कल्याण परिषदका सदस्यसचिव भट्ट निलम्वित

काठमाडौं। समाज कल्याण परिषदका सदस्यसचिव डिल्लीप्रसाद भट्ट पदबाट  निलम्वित भएका छन् । उनीमाथि भ्रष्टाचारको आरोप छ ।

महिला, बालबालिका तथा समाजकल्याण परिषदले मंगलबार भट्टलाई निलम्बन गरेर सदस्यसचिवको जिम्मेवारी बीरबहादुर राईलाई दिएको छ । राई मन्त्रालयको सहसचिव हुन् ।
सदस्य सचिव पदको दुरुपयोग गरेर भ्रष्टाचारजन्य काम गरेको उजुरी  आएको र त्यसबारे छानबिन भइरहेको स्रोतले जनाएको छ । 

भट्टले दातृ निकायसँग रकम माग्ने गरेको, परिषदका लागि गाडी खरिद गर्दा लाखौं कमिसन लिने गरेको, परिषदका कम्प्युटर, फ्रिज जस्ता सामान आफ्नो घर लैजाने गरेको, भृकुटीमण्डपस्थित फनपार्क मेला सञ्चालकसँग मिलेमतो गरेर मासिक रकम असुल्ने गरेको, परिषदको बैठकका निर्णय केरमेट गरी सच्याउने गरेको लगायतका उजुरी मन्त्रालयमा परेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?