पहिलो पटक मतगणनास्थल पुगेर सिर्जनाले भनिन्- ‘मैले जित्नेमा पूर्ण आशावादी छु’

लोकपथ
28
Shares

काठमाडौं । काठमाडौं महानगरमा गठबन्धनबाट मेयरको उम्मेदवार सिर्जना सिंह मतगणनास्थल राष्ट्रियसभा गृह पुगेकी छिन् ।

शनिबारबाट सुरु भएको मतगणनामा पहिलो पटक राष्ट्रियसभा गृह पुगेकी उनले आफूले जित्नेमा अझै पूर्ण आशावादी रहेको प्रतिक्रिया दिएकी छिन् ।

यसअघिका वडाहरुमा आफूले राम्रो मत प्राप्त गरेको बताउँदै अबका वडाहरुमा झन राम्रो मत प्राप्त गर्ने उनको भनाइ रहेको छ ।

‘प्रत्येक वडामा मेरो मत राम्रो आएको छ, अबको वडाहरुमा पनि मलाई माया गर्नुहुन्छ भन्ने आश रहेको छ । मैले जित्नेमा पूर्ण आशवादी छु’, उनले भनेकी छिन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले धेरै मत गन्न बाँकी रहेको अवस्थामा अहिले नै निष्कर्षमा पुग्न नहुने उनको भनाइ रहेको छ ।

‘योभन्दा राम्रो पनि हुनुपर्थ्यो, केही ठाउँमा राम्रो आइरहेको छ, केहीमा नराम्रो भएको छ । तर धेरै मत गन्न बाँकी छ, अहिले नै निष्कर्षमा पुगिहाल्न मिल्दैन’, उनले भनिन् ।

प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा हाल काठमाडौं महानगरपालिका वडा नं ८ को मतगणना जारी रहेको छ । जसमा सिर्जनाको अग्रता कायम गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?