काठमाडौं । स्थानीय तह निर्वाचनमा गोरखामा माओवादी केन्द्रले सानदार जित हासिल गरेको छ । माओवादीले बिहीबारसम्म एक पालिकाको मतगणनाको अन्तिम परिणाम घोषणा हुनुअघि नै ८ पालिकामा जित दर्ता गरेको छ ।
तर, माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको गृह पालिकामा भने सो पार्टी पराजित बनेको छ। गोरखाको सिरानचोक गाउँपालिका नेता श्रेष्ठको गृह पालिका हो ।
सो पालिकामा नेपाली कांग्रेसका ज्ञानेन्द्र गुरुङ ५ हजार ४०३ मतका साथ विजयी भएका हुन् । यो पालिकामा माओवादी केन्द्र ४ हजार १६८ मत ल्याएर उपविजेतामा सीमित बन्यो ।
यस्तै, सो पालिकाको उपाध्यक्षमा पनि रिता देवकोटा विजयी भएकी छन् । यस्तै उपविजेता माओवादी बन्यो । कुल ११ पालिका रहेको गोरखामा ८ स्थान माओवादीले जित्दा २ स्थान कांग्रेसले जितेको छ ।
एउटा गाउँपालिका चुननुब्रीको गणना जारी रहेको छ । त्यसमा पनि हालसम्म माओवादीको अग्रता रहेको छ । अघिल्लो स्थानीय तहमा राप्रपा नतिजा ल्याएको कांग्रेसको यस पटक भने नतिजा खस्किएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया