भरतपुरमा मतान्तर बढाउँदै रेणु दाहाल, यस्तो छ पछिल्लो अपडेट

लोकपथ
3.4k
Shares

काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनकी साझा उम्मेदवार रेणु दाहालले मतान्तरलाई फराकिलो बनाउँदै लगेकी छिन् । दाहालले आफ्नो प्रतिस्पर्धीसँग ३ हजार २ सय ५८ मतले अग्रता लिएकी छिन् ।

४२ हजार ७५० गणना हुँदा दाहालले १६ हजार २३५ मत प्रात गरेकी छिन् भने उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार ९७७ मत प्राप्त गरेर रेणुलाई पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ६ सय ८७ मत प्राप्त गरेका छन् ।

महानगरको उपप्रमुखमा गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले १८ हजार ७७६ मत प्राप्त गर्दै अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातान्त्रिक पार्टीकि हिमला गुरुङले १० हजार ४१९ मत प्राप्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?