सिन्धुपाल्चोकको पाँचपोखरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

लोकपथ
0
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । मतगणनाको विषयमा दिपक्षीय झडप हुँदा पाँचपोखरी थाङपाल गाउँपालिका–५, गुन्सा क्षेत्र तनावग्रस्त बनेको छ ।

बुधवार मत गणनाको क्रममा ३ मत हराएको र चार वटा मतपत्रको अर्धकट्टी नै नभएको पाइएपछि पुन मतगणना गर्नुपर्ने माग राख्दै कांग्रेससहित अन्य दलका कायकर्ताले मतगणनालाई रोकेका थिए ।

बुधवार घटनास्थलमा प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकारीको टोलीले वडामा हराएको तीन मतबारे सहमति गराई मतगणना सम्पन्न गरिएको थियो । वडा नं. ५ मा १५ मतान्तरले एमालेका काले गोले विजयी भएका छन् । सोहि विषयमा विवाद हुँदा झडप भएको हो । दुवै पक्षबीच कुटाकुट र ढुंगामुढा हुन थालेपछि उक्त क्षेत्रमा सुरक्षाकर्मी खटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?