सबैको ध्यान भरतपुरतर्फ : कसको मत कति ?

लोकपथ
5.1k
Shares

काठमाडौं । सबैभन्दा चासोको रुपमा हेरिएको भरतपुर महानगरमा हालसम्म ४० हजार ९ सय ६३ मतगणना भएको छ ।

जसअनुसार हालसम्म गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले १५ हजार ५ सय १३ मत प्राप्त गरेकी छिन् । त्यस्तै उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार ३ सय ८७ मत प्राप्त गरेका छन् । यसरी हेर्दा उनीहरुबीचको मतान्तर ३ हजार १ सय २६ रहेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै यता गठबन्धनसँग असन्तुष्ट हुँदै स्वतन्त्रबाट उम्मेदवार बनेका जगन्नाथ पौडेलले ६ हजार ४ सय ३ मत प्राप्त गरेका छन् ।

यता उपमेयरमा पनि गठबन्धनकै अग्रता कायम रहेको छ । हालसम्म गठबन्धनबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १७ हजार ९ सय ७० मत प्राप्त गरेका छन् । भने उनलाई एमाले राप्रपाका संयुक्त उम्मेदवार बनेकी हिमला गुरुङले ९ हजार ९ सय ६१ मतसहित दोस्रो स्थानमा रहेकी छिन् ।

हाल सम्म ९ वटा वडामा गणना भइसकेको छ भने अहिले भरपतपुर महानगर वडा नं १० को गणना जारी रहेको छ । भरतपुरमा माओवादी कांग्रेसको गठबन्धन र अर्कोतर्फ एमाले राप्रपाको गठबन्धनका कारण सबैको ध्यान चितवनतर्फ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?