काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।
केहीबेरअघि सार्वजनिक मतगणना अनुसार उनले उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० हजार बढीको मतान्तरले पछि पारेका छन् ।
हालसम्म बालेनले २१ हजार ८ सय १५ मत प्राप्त गरेका छन् भने स्थापितले ११ हजार १ सय २४ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । त्यसो त उनीहरुबीचको मतान्तर १० हजार ६ सय ९१ रहेको छ ।
त्यसैगरी तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह ११ हजार ४ सय ७४ मतले पछाडी रहेकी छिन् । यता सिंहले हालसम्म १० हजार ३ सय ४१ मत प्राप्त गरेकी छिन् ।
त्यसैगरी जारी मतगणना अनुसार हालसम्म काठमाडौं महानगरको उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ठूलो मतान्तरसहित अग्रता कायम गरेकी छिन् । हालसम्म उनले १९ हजार ९ सय ५६ मत प्राप्त गरेकी छिन् । भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ६ हजार ३ सय १६ मत प्राप्त गरेका छन् ।
३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया