पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । नगरपालिकाको एमालेकै तर्फबाट प्रमुखमा भीमलाल अधिकारी र उपप्रमुखमा पूर्णकला चौधरी निर्वाचित भएका हुन् ।
प्रमुखमा चौधरीले १६ हजार २ सय १२ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सूर्य गुरुङले १४ हजार ६ सय ४५ ल्याएका छन् ।
त्यसैगरी उपप्रमुखमा निर्वाचित एमालेकी पूर्णकला चौधरीले १६ हजार १ सय ५ ल्याएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी १४ हजार ५ सय ६४ मत पाएकी हुन् ।
मध्यबिन्दुमा एमालेले १० वटा वडा र कांग्रेसले ५ वटा वडामा विजय प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया