दाङ । दाङको लमही नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार जोगराज चौधरी र प्रमुखमा लक्ष्मी योगी विजयी भएका हुन् ।
जोगराज चौधरीले ९ हजार ३ सय १७ मत प्राप्त गर्दै प्रमुखमा निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका बसन्तराज शर्मा (विक्रान्त)ले ७ हजार २८५ मत प्राप्त गरे भने नेकपा एमालेका उम्मेदवार दण्डीराम चौधरीले ५ हजार ५०३ मत प्राप्त गरे ।।
प्रमुखमा कांग्रेसकी लक्ष्मी योगी ८ हजार ७ सय ३७ मत ल्याएर विजयी भएकी छन् । उनको निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रकी गंगा पाण्डेले ५ हजार ८ सय ४८ प्राप्त गरिन् भने एमालेकी सुशिला शर्माले ५ हजार ३ सय १२ मत प्राप्त गरिन् ।
लमहीमा ९ वडामध्ये ८ वडा वडा कांग्रेसले जितेको छ भने एउटा वडा माओवादी केन्द्रले जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया