जनकपुरधाम उपमहानगर : स्वतन्त्र उम्मेदवार मनोजको फराकिलो अग्रता, पछ्याउँदै एमालेका शिवशंकर

लोकपथ
623
Shares

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार हाल जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह अग्र स्थानमा रहेका छन् । उनले ५ हजार ६१ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले ३ हजार २ सय ३१ मत ल्याएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका मनोज चौधरीले १ हजार ४ सय ८८ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार बलराम महतोले १ हजार ४ सय ८ मत ल्याएका छन् ।

यता, उपमेयरमा गठबन्धनकी किशोरी साहले ४ हजार ५ सय ९३ मत ल्याएकी छिन् । उनलाई पछ्याइरहेकी नेकपा एमालेकी रुना झा ३ हजार २ सय ७० मत ल्याएकी छिन् । स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले १ हजार ४ सय ९६ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?