चिचिला गाउँपालिकामा कांग्रेसका शेर्पा विजयी

लोकपथ
0
Shares

सङ्खुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । चिचिला गाउँपालिका अध्यक्षमा पासाङ नुर्व शेर्पा भोटे एक हजार ८६१ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रिपुप्रसाद राईले ९०९ मत पाएका छन् । चिचिलामा एमाले तेस्रो भएको छ । नेकपा एमालेका रामबहादुर गुरुङले ९०१ मत पाएका छन् । माओवादीका राईलाई ९५२ मत अन्तरले हराउँदै अध्यक्षमा शेर्पा दोस्रो पटक निर्वाचित भएका छन् ।

उपाध्यक्षमा कांग्रेसकै मनकला राई विजयी भएकी छन् । उपाध्यक्ष राईले एक हजार ८५४ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी विष्णुकुमारी राईले ९३४ मत पाएकी छन् । यसअघि चिचिला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?