नेपाल र अमेरिकाविचको सैनिक सम्बन्धलाई व्यवस्थित बनाउनु पर्नेमा जोड

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र अमेरिकाविचको सैनिक सम्बन्धलाई ठोस र व्यवस्थित ढंगले कार्यक्रममा आधारित बनाउनुपर्ने बताएका छन् । 
आफुलाई भेट्न आएका अमेरिकी इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर ब्रायन फेन्टनसँगको भेटमा पोखरेलले नेपाली सेनाको तालिम र कुशलता अभिवृद्धिका लागि अमेरिकी सहयोग महत्वपूर्ण हुने बतएका हुन्  । 

रक्षा मन्त्रालयमा आयोजित भेटमा पोखरेलले अमेरिकालाई नेपालले एउटा असल मित्रको रुपमा लिने गरेको बताएका थिए । ‘हामी अमेरिकासँगको असल मित्रवत सम्बन्धलाई छलफलमा मात्र नभै परिणाममा आएको हेर्न चाहन्छौं’– उप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले भने । 

भेटमा अमेरिकी इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर फेन्टनले नेपाल र अमेरिका वीचका वीच ‘स्टेट पार्टनरसीप प्रोग्राम’ सञ्चालन गर्ने नीतिबारे नेपाललाई पहिलो प्राथमिकता दिएको बताए ।

नेपाली सेना र अमेरिकी सेनाले हाल सञ्चालन गरिरहेको संयुक्त तालिम अत्यन्त प्रभावकारी भएको भन्दै विश्व शान्ती स्थापनाका लागि नेपाली सेनाको अद्धितीय योगदान रहेको बताएका थए ।

अमेरिका र नेपालवीच सैनिक एवं कुटनीतिक सम्वन्ध मात्रै नभै नागरिक वीच पनि सुमधुर सम्वन्ध रहि आएको बताउनुभयो । डेपुटी कमाण्डर फेन्टनले विगत देखि सैन्य क्षेत्रमा अमेरिकाले पु¥याउँदै आएको सहायतालाई निरन्तर रहिरहने विश्वास दिलाए । उहाँले नेपालको लोकतन्त्रको विकासमा अमेरिका सद्धैव सहयात्रा गर्न तयार रहेको बताए ।
भेटमा रक्षा मन्त्रालयका सहसचिव ऋषिराज भण्डारी, अमेरिकी दुतावासका उच्च अधिकारीका साथै परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?