काठमाडौं । पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार विजयी भएका छन् । कालिकामाई गाउँपालिकामा २१ वर्षीय युवा वशिष्ट गुप्ता निर्वाचित भएका हुन् ।
वशिष्ट १ सय १७ मतले कांग्रेसका उम्मेदवार अजय पटेललाई पराजित गरेका हुन् । वशिष्टले ३ हजार ७ सय ४३ मत ल्याएका छन् ।
उपाध्यक्षमा कांग्रेसकी राजमती बरैनी विजयी भएकी छिन् । कांग्रसकी राजमतीले जसपाकी उम्मेदवार सहानी खातुनलाई १ सय ११ मतले हराउँदै विजयी भएकी हुन् । राजमतीले ३ हजार ९८२ मत ल्याएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया