नुवाकोट । जिल्लाको शिवपुरी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार गोविन्दप्रसाद थपलियाले गाउँपालिका प्रमुखमा जित हासिल गरेका छन् ।
बुधबार सार्वजनिक मत परिणाम अनुसार थपलियाले थोरै मतान्तरसहित जित हासिल गरेका हुन् । अन्तिम मतपरिणाम अनुसार ४ हजार १ सय ८२ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्धन्दी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका उम्मेदवार पदमबहादुर उप्रेतीले ४ हजार ७३ मतसहित उपविजेता भएका छन् ।
त्यसैगरी नेकपा एमालेका उम्मेदवार जितेन्द्र विष्टले ३ हजार २ सय २४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार वीरबहादुर तामाङले जित हासिल गरेका हुन् । उनले ४ हजार ७ सय २० मतसहित जित हासिल गरेका हुन् । भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार इन्दिरा खड्काले ३ हजार ५६ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया