कांग्रेससँग एमालेले खोस्यो लेटाङ नगरपालिकाको प्रमुख, उपप्रमुखमा पोखरेल विजयी

लोकपथ
770
Shares

काठमाडौं । मोरङको लेटाङ नगरपालिकाको मेयरमा एमालेले बाजी मारेको छ । एमालेका भूपेन्द्र लावतीले १० हजार २२७ मत ल्याउँदै निर्वाचित भएका हुन् । गठबन्धन तर्फबाट लावतीका प्रतिस्पर्धी कांग्रेसका ज्ञानेन्द्र ढकालले ८ हजार १ सय ५ मत ल्याए ।

त्यस्तै, उपमेयरमा पनि एमालेकै कृष्णकुमारी निरौला पोखरेल विजयी भएकी छिन् । उपमेयरमा पोखरेलले ९ हजार ४०६ मतले विजयी हुँदा माओवादी केन्द्रका कृष्ण लम्साल ४ हजार ९०५ मत ल्याएका थिए ।

अघिल्लो निर्वाचनमा मेयर कांग्रेसले जितेको थियो भने उपमेयर एमालेले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?