फिक्कल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

लोकपथ
252
Shares

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिकाको अध्यक्षमा एमालेकी पार्वती सुनुवार विजयी भएकी छिन् । गठबन्धनबाट उठेका कांग्रेसका नृप भुजेललाई ४५ मतले पराजित गर्दै सनुवार निर्वाचित भएकी हुन् ।

एमालेकी सुनुवारले ४ हजार ६२ मत ल्याएकी थिइन् । सुनुवारको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भुजेलले ४ हजार १७ मत ल्याएका थिए । सुनुवार सिन्धुलीमा गाउँपालिका अध्यक्षमा निर्वाचित हुने पहिलो महिला उम्मेदवारसमेत बनेकी छन् ।

उपाध्यक्षमा एमालेकै राजु बरालले फराकिलो अन्तरमा विजयी भएका छन् । बरालले ४ हजार २ सय ५६ मत ल्याएर निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?