काठमाडाै । झापाको हल्दिबारी गाउँपालिकामा राप्रपाले जितेकाे छ । राप्रपाका रविन्द्र लिङदेन हल्दिबारीकाे अध्यक्षमा विजयी भएका हुन्।
रविन्द्र ६ हजार ८५६ मत पाएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका डम्बरबहादुर गिरीले ४ हजार ६६६ मत पाएर पराजित भए ।
हल्दिबारी गाउँपालिकाको उपाध्यक्षमा पनि राप्रकाकै लक्ष्मीदेवी मैनाली विजयी भएकी छिन् । उनले ५ हजार ७८ मत पाउँदा नेकपा एमालेका उम्मेदवार शान्तादेवी गौतमले ४ हजार १०६ मत पाएकी छिन् ।
५ वटा वडा रहेको हल्दिबारी गाउँपालिकाकाे सबै वडामा राप्रपा नै विजयी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया