सुर्खेत । सुर्खेतको लेकबेंसी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
लेकबेंसी नगरपालिकाको प्रमुखमा ६ हजार ६३९ मत ल्याएर कांग्रेसका उम्मेदवार उमेशकुमार पौडेल निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका देवबहादुर रानाले ६ हजार ३७४ मत प्राप्त गरेका थिए।
उपप्रमुखमा एमालेका विमला खडलुक विजयी भएकी छन् । उनले ६ हजार १०९ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) की देउकली थापा मगरले ५ हजार ४४० मत पाएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया