काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिकामा एमाले विजयी भएको छ ।
गठबन्धनलाई हराउँदै पालिका अध्यक्षमा एमालेका चक्रबहादुर कार्की ४ हजार ९ सय १७ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट अध्यक्ष पदमा उम्मेदवार बनेका कांग्रेसका देवराज जोशीले ४ हजार ९१ मत ल्याए ।
यस्तै, उपाध्यक्षमा पनि एमालेकै पार्वती कार्कीले जितेकी छन् । कार्कीले माओवादी केन्द्रका नवराज भट्टलाई ४ हजार ७ सय ८४ मत ल्याएर पराजित गरिन् । भट्टले ३ हजार ६४१ मत पाए । पालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै जना दोहोरिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया