काठमाडौं । स्याङजाको पुतलीबजार नगरपालिकाको मेयर–उपमेयरमा नेपाली कांग्रेसले आफ्नो स्थान पक्का गरेको छ । कांग्रेसका तुलसीराम रेग्मीले १२ हजार ४ सय ९४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी सीमा क्षेत्रीले १० हजार ९० मत ल्याएकी हुन् ।
उपमेयरमा पनि कांग्रेसकै देवी अर्याल निर्वाचित भएकी छिन् । अर्यालले एमालेका महेश पुरीलाई ११ हजार ७ सय ४८ मत ल्याउदै पराजित गरेकी हुन् । पुरीले १० हजार ७ सय ६१ मत प्राप्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया