सुनसरीको दुवै उपमहानगरमा कांग्रेसकै अग्रता

लोकपथ
308
Shares

काठमाडौं । सुनसरीको दुवै उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । सुनसरीमा इटहरी र धरान गरी दुई उपमहानगरपालिका रहेका छन् ।

धरानमा नेपाली कांग्रेसका किशोर राईले अग्रता लिएका छन् । राईले अहिलेसम्मको मतगणना परिणम अनुसार ६ हजार २७१ मत पाएका छन् भने उनको पछी रहेका स्वतन्त्र उम्मेदवार हर्कराज राईले ५ हजार ६३१ मत प्रप्त गरेका छन् ।

त्यसतै इटहरी उपमहानगरपालिका पनि कांग्रेसकै उम्मेदवार हेम कर्ण पौडेल १० हजार १०२ मतका साथ अग्रस्थानमा रहेका छन् । उनका प्रतिद्वन्द्वी रहेका नेकपा एमालेका यामकुमार चुङ्गवाङ सुब्बा ८ हजार ५९ मत ल्याउँदै दोस्रो स्थानमा रहेका छन् ।

धरानमा यस अघि नेपाली कांग्रेसका मेयर रहेका थिए भने इटहरीमा नेकपा एमालेबाट मेयर चुनीएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?