बुटवलमा जीत सुनिश्चितता गर्नेतर्फ अघि बढ्दै कांग्रेसका खेलराज पाण्डेय

लोकपथ
903
Shares

काठमाडौं । बुटवल उपमहागरपालिकामा जीत सुनिश्चितता गर्नेतर्फ कांग्रेसका खेलराज पाण्डे देखिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले ११ हजार ९८६ मत पाएका छन् । उनी नीकटतम प्रतिद्वन्द्वी भन्दा ४ हजार मतले अघि रहेका छन् ।

उका नीकटतम प्रतिद्वन्द्वी रहेका नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईले ७ हजार ८७९ मतसहित दोस्रो स्थानमा रहेका छन् । त्यसतै राप्रपाका मृगेन्द्र कुमार शेरचन मात्र २ हजार २८५ मत ल्याउँदै तेस्रो स्थानमा रहेका छन् ।

उपमेयरमा भने नेकपा एमालेकी सावित्रादेवी अर्याल ८ हजार ८१४ मत ल्याउँदै पहिलो स्थानमा रहेकी छिन् भने नेकपा एसका चीनबहादुर गुरुङ ६ हजार ३७६ मतका साथ दोस्रो स्थानमा रहेका छन् ।

बुटवल उपमहानगरपालिकामा यस अघि नेकपा एमालेले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?