काठमाडौं । देशैभर अहिले स्थानीय तह निर्वाचनको मत गणना भइरहेको छ । देशका विभिन्नस्थानबाट मत परिणामहरु आउने क्रम जारी रहेको छ ।
निकै चासोका साथ हेरिएको देशको ६ वटा महानगरपालिकाको पनि मत परिणाम आउने क्रम जारी रहेको छ ।
यस्तो छ देशै भररहेका ६ वटा महानगरपालिकाको पछिल्लो मत परिणाम :
काठमाडौं महानगरपालिका :
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १२,८७७ मतका साथ अग्रस्थानमा छन् । साहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका केशव स्थापितले ६,८७८ मत ल्याएका छन् ।
पोखरा महानगरपालिका :
पोखरा महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी उम्मेदवार धनराज आचार्य १०,९३९ मतका साथ अग्रस्थानमा छन् । आचार्यलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका कृष्णबहादुर थापाले ९,४०५ मत ल्याएका छन् ।
भरतपुर महानगरपालिका :
भरतपुर महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र उम्मेदवार रेनु दाहाल ७,३५१ मतका साथ अग्रस्थानमा छन् । दाहाललाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका विजय सुवेदीले ७,०२८ मत ल्याएका छन् ।
ललितपुर महानगरपालिका :
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार चिरीबाबु महर्जन ८,५३४ मतका साथ अग्रस्थानमा छन् । महर्जनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३,७८५ मत ल्याएका छन् ।
वीरगन्ज महानगरपालिका :
वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार राजेशमान सिंह ९,५०० मतका साथ अग्रस्थानमा छन् । सिंहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका विजयकुमार सरावगीले ४,२९० मत ल्याएका छन् ।
विराटनगर महानगरपालिका :
वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार राजेशमान सिंह ९,५०० मतका साथ अग्रस्थानमा छन् । सिंहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका विजयकुमार सरावगीले ४,२९० मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया