भूमिकास्थानको नगरप्रमुखमा जनमोर्चाका थापा विजयी

लोकपथ
112
Shares

अर्घाखाँची । भूमिकास्थान नगरपालिकाको नगर प्रमुखमा राष्ट्रिय जनमोर्चाका नेता झविलाल थापा निर्वाचित भएका छन् ।

केहिवेरअघि भएको मतगणनाको परिणाम अनुसार नेकपा एमालेका रेशम थापालाई ७०० मतले पराजित गर्दै थापा नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

गठबन्धनबाट उम्मेदवार बनेका थापाले ८३२४ मत प्राप्त गर्दा एमाले उम्मेदवार थापाले ७५२४ मत प्राप्त गरेका छन् । साथै उपप्रमुखमा पनि गठबन्धन पक्षधर माओवादी नेता बालकृष्ण बन्जाडे निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?