काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्रका उम्मेदवार बालेन साहले आफ्नो मतान्तर झनै बढाएका छन् ।
हालसम्म बालेनले १२ हजार ५ सय ५३ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६ हजार ७ सय ६ मत प्राप्त गरेका छन् । यसरी हेर्दा साह र स्थापितको मतान्तर ५ हजार ८ सय ४७ को मतान्तर रहेको छ ।
यता नेपाली गठबनधन (कांग्रेस)बाट उम्मेदवार बनेकी सिर्जना सिंहले ५ हजार ९ सय ५७ मतसहित तेस्रो भएकी छिन् ।
उपमेयरमा भने नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोलले अग्रता कायम गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया