काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रमेश नापित मेयरमा निर्वाचित भएका छन्।
उमप्रमुखमा भने कांग्रेसकी समिता श्रेष्ठ विजयी भएकी छिन्।
यो पालिकामा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ। तर पनि समाजवादीका मेयर उम्मेदवार लक्ष्मीप्रसाद श्रेष्ठ पराजित भएका छन्।
यो पालिकामा मेयर र उपमेयरमा एमाले तेस्रो भएको छ। योसँगै काठमाडौंको चौथो नगरपालिकाको नतिजा आएको छ। यसअघि दक्षिणकाली, कीर्तिपुर र तारकेश्वरको नतिजा आएको थियो। तीनै नगरपालिकामा कांग्रेसले मेयर जितेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया