नुवाकोट । जिल्लामा निर्वाचनको बेला नेपाली कांग्रेस छाडेर एमालेबाट उम्मेदवार बनेका दुई पालिका प्रमुखहरुले तेस्रो स्थान हासिल गरेका छन् ।
पार्टीले टिकट नदिएको भन्दै एमाले प्रवेश गरेका यमबहादुर थापा र योविन्द्रमान सिंह तामाङ दुवैलाई एमालेले पालिका प्रमुखको उम्मेदवार बनाएका छ । तर हालसम्म आएको मतपरिणाम अनुसार थापा र तामाङ दुवै तेस्रो स्थानमा छन् ।
कांग्रेस छाडेर आएका थापालाई एमालेले पञ्चकन्या गाउँपालिकाबाट प्रमुखको उम्मेदवार बनाएको छ । भने तामाङलाई दुप्चेश्वर गाउँपालिकाबाट प्रमुखको उम्मेदवार बनाएको छ ।
यो समाचार तयार पार्दासम्म थापाले अन्य प्रतिष्पर्धीभन्दा ज्यादै न्यून मत प्राप्त गरेका छन् । पञ्चकन्यामा माओदावी केन्द्रका उम्मेदवार तेजबहादुर तामाङले ३६४२ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका माधव खनालले ३३७१ मत ल्याएका छन् । तर तेस्रोमा रहेका यमबहादुर थापाले भने ३७७ मात्रै मत ल्याएका छन् ।
यता दुप्चेश्वरमा पनि तामाङले तेस्रो स्थान हासिल गरेका छन् । यो समाचार तयार पार्दासम्म तामाङले १ हजार ९ सय ३५ मत ल्याउँदा माओवादी केन्द्रबाट उम्मेदवार बनेका शंकरबहादुर थापाले २८४० मत ल्याएका छन् । भने नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङले २४७६ मत प्राप्त गरेका छन् । एमालेबाट तेस्रो बनेका तामाङ यसअघि दुप्चेश्वरमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष बनेका थिए । तर
यसपटक पार्टीले टिकट नदिने भएपछि मनोनयनको अघिल्लो दिन कांग्रेस छाडेर एमालेमा गएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया