दाङको शान्तिनगरमा कांग्रेस विजयी

लोकपथ
0
Shares

दाङ । दाङको शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमा बुढाथोकी निर्वाचित भएकी छ्न् ।

बस्नेतले पाँच हजार ७१६ मत प्राप्त गरी विजयी भएका हुन् । बस्नेत पाँच हजार ७१६ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका विष्णु केसीले चार हजार ५२४ मत प्राप्त गरेका छन् ।

माओवादी केन्द्रका मोहनलाल ओलीले दुई हजार ७९४, एकीकृत समाजवादीका ऋषिराज आचार्यले २५, राप्रपाका टंकराज पौडेलले १०८ प्राप्त गरेका छन् ।

अध्यक्षमा बस्नेतले केसीलाई एक हजार १९२ मतान्तरले पराजित गरेका हुन् । त्यसैगरी, उपाध्यक्षमा नेपाली कांग्रेसकी प्रेमा बुढाथोकीले पाँच हजार ७५० मत प्राप्त गरी निर्वाचित भएकी छिन् ।

उनका प्रतिस्पर्धी एमालेकी कमला भण्डारीले चार हजार २८ मत, राधिका परियारले तीन हजार ८३ मत प्राप्त गर्दा एकीकृत समाजवादीकी लता बस्नेतले २८ मत प्राप्त गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?