गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेले जितेको छ ।
मेयरमा जीवलाल खरेलले ७ हजार ३९९ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका हरिनारायण सापकोटाले ६ हजार ६ सय ६ मत ल्याएका थिए ।
त्यस्तै, उपमेयरमा गंगा श्रेष्ठले ७ हजार ११ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत सामाजवादीका श्रीराम महतले ६ हजार ३२३ मत ल्याएर पराजित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया