बुटवल । बुटवलको तिलोत्तमा नगरपालिकाको स्थानीय तह निर्वाचनको मत गणना स्थगित भएको छ ।
वडा नंं. १६ को मत गणनाका क्रममा गणकहरुले नेकपा एमालेका उम्मेदवारको मत बढाएर र नेपाली कांग्रेसको मत घटाएर अभिलेख राखेको भन्दै कांग्रेस कार्यकर्ताहरुले विरोध गरेपछि मत गणना स्थगित भएको हो ।
कांग्रेसका उम्मेदवारको १४१ मत आएकोलाई ११४ भनेर तथा एमाले उम्मेदवारको १६६ मत आएकोलाई १९६ भनेर अभिलेख राखेको पाइएको मतगणनास्थलमा खटिएका नेपाली कांग्रेसका प्रतिनिधि प्रकाश गौतमले बताए ।
निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले पनि अभिलेख राख्नेक्रममा त्रुटी भएको स्वीकार गरेका छन् । अहिले स्थगित मतगणना सुचारु गर्न सर्वदलीय बैठक बसिरहेको छ ।
१७ वटा वडा रहेको तिलोत्तमाको मेयरमा कांग्रेस–माओवादी गठबन्धनका रामकृष्ण खांण र एमालेका मोहन चापागाईंबीच तीव्र प्रतिस्पर्धा रहेको छ । वडा नंं. १ र १७ को मत गनिसक्दा १ मा एमाले र १७ मा कांग्रेस विजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया