सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्र सुदूरपश्चिको सम्भावनाको आधार हो : मन्त्री बडू

लोकपथ
21
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्र सुदूरपश्चिको सम्भावनाको आधार भएको बताएका छन् ।

मन्त्रालयले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बडूले कञ्चनपुरमा प्रस्तावित दोधारा चाँदनी सुख्खाबन्दरगाह र दैजी औद्योगिक क्षेत्र भविष्यमा सुदूरपश्चिको सम्भावनाको आधार हुने बताएका हुन्।

उनले लामो समयदेखि प्रस्तावित रहेको बन्दरगाह तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले शिलन्यास गरेर शिलन्यासमै सीमित रहे पनि अहिलेको सरकारले त्यसलाई प्राथमिकतामा राखेको बताए ।

उनले दैजी छेला औद्योगिक क्षेत्र वर्तमान सरकारको प्राथमिकतामा रहेको पनि बताए । उनले लामो समयदेखि प्रस्ताव र शिलान्यास गरिएपनि बजेटको व्यवस्थापन नभएको भन्दै आगामी आर्थिक वर्षको बजेटमार्फत यी आयोजनालाई सरकारले समेट्ने बताए ।

मन्त्री बडूले नेपाल–भारत र चीनको त्रिदेशीय व्यापारिक महत्वसँग जोडिएको नाका कञ्चनपुर भएकोले बन्दरगाहको योजना सम्पन्न भए औद्योगिक क्षेत्रमा मुलुकले फड्को मार्ने बताए । मन्त्री बडूले औद्योगिक क्षेत्रको निर्माणलाई कसरी सम्पन्न गर्ने भन्ने बारेमा मन्त्रालय चाँडै टुंगोमा पुग्ने र औद्योगिक क्षेत्रको निर्माण अब द्रुत गतिमा अगाढी बढ्ने विश्वास व्यक्त गरे ।

मन्त्री बडूले सुख्खा बन्दरगाहको निर्माणका लागि पहिलो चरणमा ७ अर्ब लागत अनुमान समेत गरिएको बताए । बन्दरगाहको वातावरणीय प्रभाव मुल्याङ्कन र जग्गा भोगाधिकारको विषय टुंगोको लाग्ने चरणमा रहेको अवस्था रहेको पनि उनले बताए ।

मन्त्री बडूले यो क्षेत्रमा हुने औद्योगिक विकास र वृद्धिले २२ हजार युवाले रोजगार पाउने अनुमान रहेको बताए । दोधारा चादँनीको सुख्खा बन्दरगाह र दैजी औद्योगिक क्षेत्रको मन्त्री बडूसँगै पूर्वमन्त्री रमेश लेखक, नारायाणप्रकाश साउँद, उद्योग सचिव गणेशप्रसाद पाण्डेयले स्थलगत अनुगमन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?