काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जारी मतगणनामा सत्तारुढ गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै सत्ताको चरम दुरुपयोग भइरहे पनि नेकपा एमालेले आफ्नो मत ल्याइरहेको दाबी गरेका छन् । त्यसैगरी जनताले दिएको मतको सुरक्षा गर्नु पार्टीपंक्तिको कर्तव्य रहेको बताउँदै मतगणनामा चनाखो रहन समेत आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘सत्ताको चरम दुरुपयोगका वावजुत सूर्य चिन्हमा जनताले दिएको अमुल्यमतको सुरक्षागर्नु पार्टी पंक्तिको कर्तव्य हो,मतगणनामा चनाखो रहौ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया