आज संसद बैठक बस्दै, एमालेको अवरोध कायम रहला ?

लोकपथ
574
Shares

काठमाडौं । आजबाट प्रतिनिधि सभाको एघारौँ अधिवेशन सुरु हुँदैछ ।

आगामी आर्थिक वर्षको बजेटबारे छलफलका लागि सरकारले संसदको बैठक आह्वान गरेको हो ।

संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विभिन्न मागहरुसहित यसअघिका बैठकमा अवरोध खडा गर्दै आइरहेको थियो ।

मागहरु पूरा नभएको कारण आजको बैठकमा पनि नेकपा एमालेले अवरोध खडा गर्ने धेरैको आँकलन गरिएको छ ।
तर एमालेले भने आजको बैठकमा कसरी प्रस्तुत हुने भन्ने निर्णय गरेको छैन ।

आजको संसद बैठकमा नेकपा एमाले कसरी प्रस्तुत हुन्छ भन्ने लोकपथको प्रश्नमा एमाले उपाध्यक्ष सुवास नेम्वाङले भने, ‘त्यस विषयमा हामी छलफलमै छौँ । केही बेरमा निर्णय होला ।’

त्यसैगरी आफूहरुको पहिलेको मागहरु पूरा नभएको कारण पुनः अवरोध कायमै रहने उनले संकेत गरेका छन् । उनले मागहरु यथावत रहेको कारण छलफलले अवरोध कायम राख्न सक्ने निर्णय गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?