उदयपुरको रौतामाईमा माओवादी केन्द्रका वीरेन्द्रकुमार मगर विजयी

लोकपथ
210
Shares

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका वीरेन्द्रकुमार मगर विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार भरतबहादुर थापालाई ८ सय ४२ मतान्तरले पराजित गर्दै गाउँपालिका प्रमुखमा निर्वाचित भएका हुन् । मगरले ४ हजार १ सय ८८ मत पाएका छन् भने थापाले ३ हजार ३ सय ४६ मत पाएका थिए ।

त्यसैगरी उपाध्यक्षमा गठबन्धनबाट ३ हजार ६ सय ९९ मत ल्याएर नेपाली कांग्रेसका भूपेन्द्रबहादुर थापा विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेकी कुमारी ज्यू ठकुरीले ३ हजार ९३ मत प्राप्त गरिन् ।

त्यसैगरी, एमालेले वडा नम्बर १, २, ३, ५ र ७ मा जित हात पारेको छ भने वडा नम्बर ४ र ८ मा नेपाली कांग्रेसले जित हात पारेको छ । वडा नम्बर ६ मा भने नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?