ताप्लेजुङको आठराई त्रिवेणीमा एमाले विजयी

लोकपथ
343
Shares

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा एमालेका उम्मेदवार दिपेन पोमु विजयी भएका छन् ।

उनले निकटमा प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार कांग्रेसका विश्वनाथ सिटौला हराउँदै ३ हजार ३६ मत प्राप्त गरेका हुन् । कांग्रेसका विश्वनाथ सिटौलाले भने २ हजार ५२६ मत मात्र प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुख पदमा पनि एमालेकै शान्ता आङ्बुहाङले २ हजार ८१९ मत प्राप्त गर्दै जित हासिल गरेकी छिन् । आङ्बुहाङले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका प्रजिन हाङ्बाङलाई पछि पार्दै जित हासिल गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?