दैलेखको ठाँटीकाँध गाउँपालिकामा कांग्रेसका रक्षबहादुर शाह निर्वाचित

लोकपथ
161
Shares

काठमाडौं । दैलेखको ठाँटीकाँध गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रक्षबहादुर शाह निर्वाचित भएका छन् । गाउँपालिका प्रमुखमा कांग्रेसका रक्षबहादुर शाहले २ हजार ५७१ मत ल्याएर विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी लक्ष्मीदेवी शाहलाई २९२ मतान्तरले पराजित गरेका हुन् । लक्ष्मीदेवीले २ हजार २७९ मत पाएकी छन् ।

त्यस्तै, उपाध्यक्षमा एमालेका देवीराम बडुवाल विजयी भएका छन् । उनले २ हजार ६९५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी भद्रा कुमारी शाहीले २ हजार ४१६ मत ल्याएकी छन् ।

६ वटा वडा रहेको यो पालिकामा कांग्रेसले वडा नं. १, ३, ४ र ६ मा जित्दा एमालेले वडा नं. २ र ५ मा मात्र जित हासिल गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?