कास्की । नेकपा एमाले कास्कीले पोखरा महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार कृष्णबहादुर थापालाई पार्टीबाट असहयोग भएको भन्ने समाचार बाहिरिएपछि त्यसको छानबिन गर्ने भएको छ ।
पार्टीका केन्द्रीय नेताहरु खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङ पक्षबीचका टसलका कारण पोखरा महानगरमा असहयोगको अवस्था आएको बाहिरिएपछि नेपाली कांग्रेस कास्कीले त्यसलाई छानविन गर्न लागेको हो ।
पोखरा महानगरमा पार्टीले टिकट दिएका दिपक पौडेललाई सुन चोरीको आरोप लागेपछि उनलाई ब्याक हटाइएको थियो । पृथ्वीसुब्बा गुरुङ निकट मानिने पौडेललाई हटाउँदै खगराज अधिकारी निकट कृष्णप्रसाद थापालाई टिकट दिइएको थियो ।
सो क्रममा गुरुङ पक्षले मेयरमा असहयोग गर्ने भन्ने अडियो सार्वजनिक भएको छ । सो प्रशंगमा विज्ञप्ति निकाल्दै नेकपा एमाले कास्कीले सार्वजनिक भएको अडियो, भिडियोप्रति पार्टीको ध्यानाकर्षण भएको भन्दै त्यसबारे पार्टीले छानबिन गर्ने बताइएको ।
‘बाहिरिएका भिडियो क्लिप साथै भ्वाइस क्लिपहरु र त्यस क्लिप निर्माणमा सम्वद्ध व्यक्तिहरु माथि पार्टीले गहिरो निगरानी गरिरहेको छ । पार्टी जीवनमा यस्ता गतिविधिहरु किमार्थं स्वीकार्य हुन सक्दैनन् । यी सबै घटनाको बारेमा सत्यतथ्य पत्ता लगाउन पार्टीले छानबिन समिति नै बनाएर यथाशिघ्र निचोड निकाल्नेछ ।’, जारी विज्ञप्तिमा भनिएको छ ।
केही दिन अघि सार्वजनिक अडियोमा गुरुङ निकट नेता कार्यकर्ताहरुले गठबन्धनका उम्मेदवारलाई जिताउनका भोट मागेको अडियो क्लिप सार्वजनिक भएसँगै कास्कीको राजनीतिमा थप तरंग फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया