ललितपुरमा प्रतिष्पर्धा कठिन बन्दै, ब्यञ्जनकार भन्दा महर्जनको ३५ सय बढीको अग्रता

लोकपथ
1.7k
Shares

ललितपुर । ललितपुर उपमहानगरपालिकामा जारी मतगणनामा गठबन्धन (नेपाली कांग्रेस) बाट मेयरको उम्मेदवार चिरिबाबु महर्जनले मतान्तर झनै फराकिलो बनाउँदै लगेका छन् ।

यो समाचार तयार पार्दासम्म महर्जनले ५ हजार ६ सय ७८ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्धन्दी हरिकृष्ण ब्यञ्जनकारले २ हजार ७८ मत मात्रै प्राप्त गरेका छन् । यसरी हेर्दा महर्जनले सुरुबाटै अगाडि रहेका थिए भने उनले आफ्नो अग्रतालाई कायम राखिरहेका छन् । यसरी हेर्दा उनीहरुबीच ३ हजार ५ सय ४८ मतको अन्तर देखिन्छ ।

यता ५२२ मत प्राप्त गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका अष्टबहादुर महर्जनले तेस्रो स्थानमा रहेका छन् । त्यसैगरी उपमेयरमा भने गठबन्धनलाई उछिन्दै नेकपा एमालेकी उम्मेदवार मन्जली शाक्य बज्राचार्यले २ हजार ५ सय ५२ मत प्राप्त गरेकी छिन् । त्यसैगरी उनका निकटतम प्रतिद्धन्दी गठबन्धन (माओवादी) केन्द्रका उम्मेदवार बाबुराजा बज्राचार्यले १ हजार ८ सय ४८ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपाका उम्मेदवार स्वर्णिमा शाक्यले ९२९ मत प्राप्त गरेकी छिन् ।

यद्यपी हाल पनि मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?