काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर २ को अध्यक्षमा नेकपा एमालेका राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार श्रेष्ठले १ हजार ३७७ मत प्राप्त गरेका हुन् । त्यस्तै, उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९६३ मत प्राप्त गरेका छन्। त्यस्तै, महिला सदस्य पदमा नेकपा एमालेकी पूर्णलक्ष्मी रजक निर्वाचित भएकी छिन् ।
रजकले १ हजार २५५ मत प्राप्त गरेकी छिन् । त्यस्तै, वडा नम्बर २ को दलित महिला सदस्यमा नेकपा एमालेबाट ईश्वरी परियार निर्वाचित भएकी छिन् । उनले १ हजार ३१७ मत प्राप्त गरेको काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले बताए ।
त्यस्तै सदस्य पदमा नेकपा एमालेका पदमकाजी महर्जन र विमल गुरुङ निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत खतिवडाले बताए ।
काठमाडौं महानगरपालिकाको वडा नम्बर एकमा पनि नेकपा एमाले विजयी भएको थियो ।
काठमाडौं महानगरपालिकामा अहिलेसम्म १ र २ वटा वडाको मात्रै मत गणना सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया