भक्तपुर नगरपालिका : नेमकिपाका प्रजापति २४ हजार बढी मतले अगाडि

लोकपथ
2.6k
Shares

काठमाडौं । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी उम्मेदवार सुनिल प्रजापति भारी मतका साथ अग्र स्थानमा रहेका छन् । उनले हालसम्मको मत गणना अनुसार २७ हजार ६ सय ६० मतका साथ अग्रस्थानमा छन् । प्रजापतिलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार १ सय ९९ मत ल्याएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका रवीन्द्र लाछिमस्युले २ हजार ६ सय ६७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार सत्यराम त्वायनाले २ हजार २ सय ५४ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्रि लाखाजुले १ हजार ४९ मत ल्याएका छन् ।

त्यस्तै, उपमेयरमा पनि नेपाल मजदुर किसान पार्टीकी रजनी जोशी अगूस्थानमा रहेकी छिन् । उनले २८ हजार १ सय १० मत ल्याएकी छिन् । जोशीलाई पछ्याइरहेकी नेपाल कम्युनिष्ट पार्टी एमालेकी रञ्जना खर्बुजाले २ हजार ७ सय २४ मत ल्याएकी छिन ।

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका ओम चरण अमात्यले १ हजार ७ सय ४२ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी लक्षमी छुस्याबागले १ हजार १ सय ३९ मत ल्याएकी छिन् भने नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी इन्द्रमाया सुवालले ८ सय १८ मत ल्याएकी छिन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?