रोचक बन्दै भरतपुर महानगरको मत परिणाम : कहिले विजय त कहिले रेणु अगाडि

लोकपथ
6.1k
Shares

काठमाडौं । सबैको चासो रहेको भरतपुर महानगरपालिकामा मत गणनाको जारी छ । निकै कडा टक्करका साथ आइरहेको मत परिणामले पनि भरतपुरको मतगणना रोचक भइरहेको छ ।

पछिल्लो विवरण अनुसार भरतपुरमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । उनले ३ हजार ८ सय ९९ मतका साथ अग्रस्थानमा छन् । सुवेदीलाई पछ्याइरहेकी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी रेणु दाहालले ३ हजार ८ सय ५६ मत ल्याएकी छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ५ सय ४८ मत ल्याएका छन् भने विवेकशील साझा पार्टीका प्रविन काफ्लेले १४ मत ल्याएका छन् ।

त्यस्तै, उपमेयर पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी अग्र स्थानमा रहेका छन् । उनले ४ हजार ४ सय ३१ मत पाएर अग्र स्थान कायमै राखेका छन् । अधिकारीलाई पछ्याइरहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङ ३ हजार ४१ मतल्याएकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?