काठमाडौं । तारकेश्वर नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार कृष्णहरी महर्जन अग्र स्थानमा रहेका छन् । महर्जन ८ हजार ८ सय ५५ मतका साथ अग्र स्थानमा कायमै रहेका छन् । महर्जनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका रामेश्वर बोहराले ५ हजार ९ सय ८७ मत ल्याएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका लवकुमार बस्नेत १ हजार ७ सय ३२ मतसहित तेस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका बसन्तकुमार बस्नेतले १ सय २३ मत प्रप्त गरेका छन् ।
त्यस्तै, तारकेश्वरको उपमेयर पदमा पनि नेपाली कांग्रेसकी सृजना बुर्लाकोटी अग्र स्थानमा रहेकी छिन् । उनले हालसम्म ८ हजार १ सय ८३ मत पाएकी छिन् ।
बुर्लाकोटीलाई पछ्याइरहेकी नेपाल कम्युनिष्ट पार्टी एमालेकी भवानी डोटेल धितालले ६ हजार १ सय २१ मत ल्याएकी छिन् । साथै, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका धनलाल महर्जनले १ हजार ९ सय ९५ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया