चितवन । केहीबेर रोकिएपछि भरतपुर महानगरपालिकाको मतगणना फेरि सुरु भएको छ । महानगरको वडा नम्बर २ मा ३० कम भेटिएपछि मतगणना रोकिएको थियो ।
३० मत कम भेटिएपछि नेकपा एमालेले मुख्य निर्वाचन कार्यालयमा सोमबार निवेदन दिने भएको छ । भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेणु दाहाल र नेकपा एमालेका विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । उनीहरुबीच थोरै मतान्तरले प्रतिस्पर्धा चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया