महागठबन्धनका राम थापा अघि बढे, ओलीको गृहनगरमा कसको कति मत ?

लोकपथ
875
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा राप्रपाका उम्मेदवारले अग्रता फराकिलो बनाएका छन् ।

८ हजार ८९ मत गणना हुँदा महागठबन्धनबाट उम्मेदवार बनेका राप्रपाका उम्मेदवार राम थापाले ४६७ मतले अग्रता बनाएका हुन् । उनले ३७२९ मत ल्याएका छन् । यस्तै, एमालेकी गीताकुमारी पौडेलले ३२६२ मत पाएकी छन् ।

यस्तै, यता उपमेयरमा एमालेका उम्मेदवारले ३२२२ मत ल्याउँदा कांग्रेसका उम्मेदवारले २५८६ मत ल्याएर अग्रता बनाइरहेका छन् । एमाले एक्लै लड्दा राप्रपाका उम्मेदवारलाई झापाको दमका सत्ता गठबन्धनले पनि सघाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?