काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । ७ हजार ७ सय ७७ मत गणना गर्दा एमालेका विजय सुवेदीले २ हजार ८ सय ६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, सुवेदीलाई पछ्याइरहेकी माओवादी केन्द्रकी रेणु दाहालले २ हजार ७ सय ९६ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने ९ सय ३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले ३ हजार ७६ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरुङले २ हजार २ सय ३८ मत प्राप्त गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया