भोलिदेखि काठमाडौं महानगरपालिकाको मतगणना सात ठाउँबाट हुने

लोकपथ
945
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना भोलि सोमबार बिहानबाट सात ठाउँबाट हुने भएको छ ।

काठमाडौं महानगरको मतगणना जटिल रहेको भन्दै प्रकृया र प्रकृतिअनुसार मत गणनालाई सहजता बनाउने प्रयास भइरहेको मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले मतगणना प्रक्रिया र योजनाका विषयमा प्रत्यक्ष प्रसारणमार्फत जानकारी दिए ।

उनले भोलिबाट मतगणना सात ठाउँबाट हुने जानकारी दिए ।

काठमाडौं महानगरको मत गणना सुस्त भइरहेको भन्दै सामाजिकसञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । आइतबारसम्म काठमाडौं महानगरको मतगणना ६ ठाउँबाट भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?