सर्लाहीको लालबन्दीमा कांग्रेसको अग्रता, ३ र ४ वडामा कांग्रेस उम्मेदवार विजयी

लोकपथ
140
Shares

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाको दुई वडामा नेपाली कांग्रेसका उमेदवार प्यानलसहित विजयी भएका छन् ।

लालबन्दी नगरपालिका वडा नम्बर ३ र ४ मा नेपाली कांगेसका उमेदवार विजयी भएका हुन् । लालबन्दी नगरपालिका–३, मा नेपाली कांग्रेसका उमेदवार बुद्ध देव चौधरी ४९७ मत सहित विजयी भएका हुन् । उन्को निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार योगेन्द्र चौधरीले ४७१ मतमात्र पाएर पराजित भए ।

यस्तै लालबन्दी नगरपालिका–४, नम्बर वडामा पनि नेपाली कांग्रेसका उमेदवार सत्य नारायण चौधरी ७८३ मत सहित विजयी भएका हुन् । उन्को निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवारविजय प्रसाद घिमिरे ६७१ मत प्राप्त गरी पराजित भए ।

यस्तै लालबन्दी नगरपालिकामा मेयर र उपमेयर पदमा नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ । मेयरका उमेदवारमा कांग्रेसका बाशुदेव अधिकारी १८३२ मत सहित अग्र स्थानमा छन् । भने, १३६७ मत सहित दोस्रो स्थानमा माओवादी केन्द्रका प्रलाद बुडाथोकी र नेकपा एमालेका गोविन्द बहादुर महत १३५० मत सहित तेस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?