हेटौँडामा थपिँदै चार मतगणना स्थल

लोकपथ
98
Shares

हेटौँडा । मतगणनामा ढिलाइ हुँदा हेटौँडास्थित सिद्धार्थ माविमा चार वटा मतदान स्थल थप्ने तयारी भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले चार मतगणना स्थल थपिने बताएका हुन् ।

छिटो मतपरिणाम सार्वजनिक गर्ने उद्देश्यले चार वटा मतगणनास्थल थप्न लागेको उनले बताए । थप चार मतगणना स्थलमा गणना गर्नका लागि तारजाली हाल्ने काम भइरहेको उनले बताए ।

तयारी सकिएपछि आज रातिदेखि नै मत गणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?