काठमाडौं । मधेश प्रदेशको जनकपुरधाम उपमहानरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । उपमहानगरमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका मनोजकुमार साह सुडीले अग्रता बनाएका हुन् । सुडी एक हजार ३७० मतका साथ अग्रस्थानमा छन् ।
कांग्रेसले पालिकाको मेयर पद गठबन्धनको जसपालाई दिएपछि रुष्ट भएका सुडीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । जसपाका उम्मेदवार निवर्तमान मेयर लालकिशोर साहले भने जम्मा १ सय ९६ मत मात्र पाएका छन् ।
उता सुडीलाई पछ्याइरहेका एमालेका शिवशंकर साहले ६ सय १६ मत ल्याएका छन् । त्यसतै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ३ सय ८० मत ल्याएको छ ।
उपप्रमुखमा भने कांग्रेसका किशोरी साह १४ सय ५४ मतसहित अग्रस्थानमा छन् भने ७ सय १७ मतकासाथ एमालेकी रुणादेवी झा दोस्रो स्थानमा रहेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया